मंसिर २३ बुटवल – गैडाकाे खाग सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम  सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय  सुमन न्यौपाने रहेका छन् । उनीहरुलाई बुटवल उप-महानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

उक्त होटलमा गैंडाको खागको कारोवार भइरहेको भन्ने गाेप्य सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल खाेज तलासी गर्दा ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेकाे हाे। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार