मंसिर २२ दाङ – गैरकानुनी रुपमा अमेरिका जाँदै गरेका दाङका एक युवकको पेरुमा यात्राकै क्रममा मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा तुलसीपुर उप-महानगरपालिका वडा नं. ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहरा रहेका छन । दशै अगाडि अमेरिका जाने भन्दै बाेहरा सहित रुकुम पश्चिमका एकजना र तुलसीपुर ४ का एकजना गरि तिन जनासँगै घरबाट गएकाे पारिवारिक स्राेतले जनाएको छ ।

पेरुमा पैदल हिँडिरहेको समयमा बाेहाेराले एक्कासी छाती दुख्यो भन्दै लडेपछि अस्पताल पुर्‍याउदा अस्पतालले मृत घोषणा गरेकाे सँगै रहेका साथिहरुले सोमबार बेलुका ७ बजेतिर पेरुमा मृत्यु भएकाे परिवारलाई बताएका छन ।

पछिल्लो समय जाेखिम माेलेरै अवैधानिक बाटाे भएर अमेरिका जाने युवाहरुकाे लहरै छ । अवैधानिक बाटाेमा सवारी यात्रा गर्दा पनि अप्ठ्यारोसँग र कतिपय ठाउँमा पैदल यात्रा गर्ने बाध्यता हुँदा यस्ता मुत्युका खबर दिनहु आउने गरेका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार