मंसिर २१ काठमाडौँ – ​सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको एकैपटक सरुवा गरेकाे छ।

मंगलबार कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची मन्त्रालयले सार्वजनिक गरेकाे हाे। लोक सेवा आयोगबाट सिफारिसमा स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

हेर्नुस् कर्मचारी विवरण

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार