मंसिर २१ रुकुम (पश्चिम) – साेमबार बेलुका मुसीकोट नगरपालिका वडा नम्बर २ मा दुलही लिएर फर्कदै गरेका जन्ती सवार बस दुर्घटनामा परि घाइते हुने सबैकाे पहिचान खुलेकाे छ।

बाँफिकोट गाउँपालिका वडा नम्बर २ बाट मुसीकोट १ को घिमाने फर्किरहेको जन्ती बोकेको रा १ ख २१०९ नम्बरको बस मुसीकोट २ को बरेली बजार नजिक दुर्घटना हुदा ४० जना घाइते भएका हुन।

दुर्घटनामा परी गम्भिर घाइते हुनेमा १० जना छन । मुसीकोट नगरपालिका वडा नम्बर १ का ४८ वर्षिय शुशिल थापा, यसै वडाका ४१ वर्षिय मानवहादुर ओली, मुसीकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष ५० वर्षिय बिरबल केसी, मुसीकोट १ कै २१ वर्षिय नवराज खड्का, २५ वर्षिया बिमला खत्री, २३ वर्षिय प्रेम केसी, ४८ वर्षिय टेकबहादुर बस्नेत, ४८ वर्षिय चोपबहादुर खत्री र वडा नम्बर १ कै बुधुराम खड्का रहेको उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज र केहीलाई जिल्लाकै चौरजहारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए।

अन्य घाइतेहरु मुसीकोट नगरपालिका वडा नम्बर १ का लोकबहादुर केसी, सानीभेरी गाउँपालिका वडा नम्बर १४ का भिमराज कलेल, मुसीकोट नगरपालिका वडा नम्बर १ का भानु केसी, मुसीकोट १ कै सुजन केसी, विकास भण्डारी, मुसीकोट ६ का  ध्रुबराज बोहरा, मुसीकोट १ का विशाल केसी, मदन केसी, मानवहादुर ओली, शुशिल थापा, वडा नम्बर ९ का डिल्लीरमण ओली, मुसीकोट १ का सुजन केसी, नुनबहादुर खत्री र रामबहादुर खत्री,
मुसीकोट १ कै गोकर्ण बुढाथोकी, केदार खत्री, टेकबहादुर केसी, कालीबहादुर खत्री, नरेन्द्र खड्का, अमरबहादुर खड्का, पुर्णबहादुर खत्री, शेरबहादुर खत्री, ओपेन्द्र केसी, दीक्षित ढकाल र बाँफिकोट गाउँपालिका २ की दीपा पौडेल, मुसीकोट नगरपालिका वडा नम्बर ६ का बसन्त खड्का, सोही ठाउँका कृष्णबहादुर केसी, निराजन भण्डारी र शिव गिरी रहेका छन।

बस चालक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ शंखमुलका दोजबहादुर भण्डारी फरार रहेको उनकाे खाेजिकार्य भइरहेको प्रहरी निरीक्षक शर्माले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार