मंसिर २१ रोल्पा – त्रिवेणी गाउँपालिकाको वडा नं. १ लाई सोमबार एक विशेष समारोहको बिचमा चौंथो बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको छ ।

“बालश्रम मुक्त बालबालिका, समृद्ध गाउँपालिका” भन्ने मुल नाराका साथ गाउँपालिका नै बालश्रम मुक्त गर्ने उद्देश्यले यस अघि तिन वटा वडा पहिले नै घाेषणा गरिसकेको उक्त गाउँपालिकाले सारङ्गि नाच, झाकि जुलुस , बाजासहितको र्‍याली “बालश्रम अन्त्य गरौँ, त्रिवेणी गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा अभियान भव्यताका साथ सफल पारौँ” भन्ने नारा सहित अन्य विविध नारा लगाउदै वडा कार्यालय देखि करेटी स्कुलको प्राङ्गणमा गएर ओौंपचारिक कार्यक्रमको रुपमा परिणत भएको हो । कार्यक्रममा बालश्रम सम्बन्धि जनचेतनामूलक नाटक , गित पनि प्रस्तुत गरिएको थियो ।

त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष देउराम घर्ती को अध्यक्षतामा सञ्चालन गरिएको घोषणा समारोहमा प्रमुख अथिति त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, विशिष्ट अथिति त्रिवेणी उपाध्यक्ष सावित्रा कुमारी बुढा घर्ती, बिशेष अथिति त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी. लगाएतको आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घोषणा समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सावित्रा कुमारी बुढा घर्तीले गाउँपालिका, सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) लगायत सबै सरोकारवालाहरुको प्रयत्नबाट यो सामाजिक अभियान सफल भएको धारणा व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक अभियानमा हातेमालो गर्दै गाउँपालिकासँग अगाडी बढ्न आह्वान गरेकि छन।

प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गाउँपालिकाबाट बालबालिकाको क्षेत्रमा गरिएको ठूलो लगानी र प्रयत्न तथा स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आजको बालश्रम मुक्त वडा घोषणाको सफलता प्राप्त भएको धारणा राखेका थिए।

विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक प्रदर्शन गरेका थिए । भने उक्त अवसरमा करेटी विद्यालयको दुई कोठे भवनको पनि उत्घाटन गरिको थियो । कार्यक्रममा विभित्र राजनीतिक दल, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, जनप्रतिनिधि र स्थानीयहरुकाे उपस्थितिमा सम्पन्न गरिएको थियाे।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार