मंसिर २०, सल्यान – सल्यानको दार्मा गाउँपालिका वडा नं. २, पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री मृत अवस्थामा फेला परेका छन ।

मंसिर १९ गते आइतबार साँझ गाउँमा विवाह भोज खान गएका खत्री सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृतक खत्री विवाहमा गएको र कोही नभएको खाली घरमा  मृत अवस्थामा रहेको भनी स्थानीयले खबर गरेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको टोलीले बुझ्दा मृतकको शरीरमा कुनै घाउ चोट नदेखिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार