मंसिर १९, दाङ – दाङको देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं. ७ का ५५ वर्षीय रामचरण चौधरीको दूध बेचर घर तर्फ फर्किदै गर्दा बसको ठक्करबाट मृत्यु भएको हो ।

रा १ ख १७७७ नम्बरको बसले आइतबार बिहान सवा ६ बजे तिर ठक्कर दिएर गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गाडी र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार