मंसिर १९ सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्।

तीन समुहमा प्रतिस्पर्धा भएकाे कर्णालीमा कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरे। उनका  प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलले ७ मत प्राप्त गरे। खसेको कुल मत मध्ये ८ मत बदर भएको थियो।

विजयी हुने ललितजंग देउवा पक्ष, भुपेन्द्रजंग संस्थापन पौडेल पक्ष हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधि समूहका हुन्। सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी छ।

त्यस्तै नेपाली काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । विजयी हुने शर्मा पौडेल पक्ष हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार