मंसिर १८ राेल्पा – त्रिवेणी गाउँपालिका रोल्पालाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ शुक्रबार त्रिवेणी गाउँपालिका रोल्पाले ३ नंं. वडा लाई बालश्रम मुक्त वडा घोषणा गरेको छ ।
“समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” भन्ने नारालाई आत्मसाथ गर्दै र्याली , पिटि,मार्चपास, बालबालिकाबाट नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली , गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा नं ३ का वडा अध्यक्ष टिकाराम वली क्षेत्री ,सरस्वती मा.वि प्रधानाध्यापक लाल बहादुर घर्ती , वडा सदस्य, गाउँपालिका तथा वडाका कर्मचारी, राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह तथा सरोकार वालाको उपस्थिति रहेको थियो ।
कार्यक्रम को आयोजना ३ नं वडा कार्यालयले गरेको थियो भने व्यवस्थापन श्री सरस्वती मा.वि. लिङ्दुङले गरेको थियो। उक्त कार्यक्रमका बीच त्रिवेणी गाउँपालिकाको लगानीमा निर्माण भएको श्री सरस्वती मा.वि. लिङदुङको ५ कोठे पक्की भवन को उद्घाटन पनि सु-सम्पन्न भरिएको थियो ।
साथै थोरै बजेटमा पनि ठूलो भवन गुणस्तरीय रूपले निर्माण सम्पन्न गर्न अहोरात्र लागिपर्ने उपभोक्ता समितिका अध्यक्षलाई धन्यवाद ज्ञापन सहित सम्मानित गरिएको थियोे ।