मंसिर १७, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिएका छन ।शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
गभदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षामा सामेल भएका जम्मा ३ लाख ७४ हजार १५ मध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड, ४८ हजार २ सय ३९ जनाले ए ग्रेड, बी प्लस ७० हजार १ जना, बी ग्रेड ९९ हजार ५ सय ३७ जना, ७५ हजार ८८ जना सी प्लस, सी ल्याउनेमा २४ हजार ५ सय १५ जना, डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ र डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले इ ल्याएकाे बोर्डका प्रवक्ता शर्माले बताए।
कोरोना सङ्क्रमित भएका विद्यार्थीहरू ४१ जनाकाे बोर्डले हिजोबाट परीक्षा लीन सुरु गरेको बताएको छ। उनीहरुकाे परीक्षाफल १० दिनभित्रै प्रकाशित गर्ने र आज प्रकाशित नतिजा हेर्नकाे लागि https://neb.ntc.net.np/ बाट हेर्न सकिने बाेर्डले जनाएको छ।