मंसिर १५ राेल्पा  –  त्रिवेणी गाउँपालिकाले बालश्रम मुक्त अभियान सुरु गरेकाे छ। उक्त अभियान अन्तर्गत एउटा वडालाई बालश्रम मूक्त वडा घाेषण गरेकाे छ। “समृद्व समाज निर्माणका लागि शिक्षाकाे पहुँचमा बालबालिका हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” भन्ने मुल नारा सहित त्रिवेणी गाउँपालिका राेल्पाकाे वडा न ५ लाई बुधबार बालश्रम मुक्त वडा घाेषण गरिएकाे छ।

बालश्रम मुक्त वडा घाेषण कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकाे छ। बाजागाजा सहित र्यालीले बजार परिक्रम गरि जनजागृति मा,वि जुगार राेल्पाकाे प्राङगानमा बालश्रम मुक्त घाेषणकाे कार्यक्रम गरिएकाे थियाे। “सबै प्रकारका बालश्रमकाे अन्त्य गराै त्रिवेणी गाउँपालिका राेल्पालाई बालश्रम मुक्त स्थानीय तह घाेषण गर्ने अभियानलाई भव्यताका साथ सफल पाराै” भन्ने हेतुले यस पालिकाले सबै वडाहरुलाई बालश्रम मुक्त वडा घाेषण गर्नै कार्यक्रम तय अनुरुप नै वडा न ५ लाई बालश्रम मुक्त वडा घाेषण गरीकाे हाे भने अन्य वडाहरुलाई पनि यसै गरी बालश्रम मुक्त वडा घाेषण गरिने भएकाे छ ।

वडा न ६ का वडा अध्यक्ष कृष्ण बहादुर केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शान्त कुमार वली विशिष्ट अतिथिहरु गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कुमारी बुढा घर्ती, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी त्यस्तै अतिथिहरु नेकपा एमाले त्रिवेणी गाउँपालिका अध्यक्ष कुश बहादुर पुन, नेपाल कम्यनिष्ट पार्टी त्रिवेणी गाउँपालिका सेक्रटरी गोबिन्द्र पुन, हुरेक राेल्पाका धरेन्द्र प्रसाद डाँगी, लेखा अधिकृत सुदिप सिग्देल, शिक्षा अधिकृत अमृता बुढाथाेकी, सुचना अधिकृत भरत डि सी, शिक्षक महासँघका बेगम कुमार वली, नव नेपाल क्याम्पस जुगार क्याम्पस प्रमुख गोबिन्द केसी ,जनजागृति मावि जुगारका प्र.अ जीवराज भण्डारी राेल्पा जलजला यातायात प्रा,लि बुकिङ काउन्टर जुगार राेल्पाका ईन्चार्ज देव बहादुर डाँगी लगाएतकाे सहभागिता रहेकाे थियाे।                                                                                     उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घोषणा समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बुढा घर्तीले सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) लगायत सबै सरोकारवालाहरुको प्रयत्नबाट यो सामाजिक अभियान सफल भएको धारणा व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक अभियानमा हातेमालो गर्दै गाउँपालिकासँग अगाडी बढ्न आह्वान गरेकि छन। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वलीले गाउँपालिकाबाट बालबालिकाको क्षेत्रमा गरिएको ठूलो लगानी र प्रयत्न तथा स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आजको बालश्रम मुक्त वडा घोषणाको सफलता प्राप्त भएको धारणा राख्दै पुस मसान्तसम्म सबै वडालाई घाेषणा गर्ने लक्ष्य अनुरुप अन्य वडाले पनि साेहि अनुसार तयार गर्न निर्देशन दिए।

धनमाँया केसीकाे स्वागत मन्तव्य तथा प्रशासन अधिकृत हेमराज उपाध्यायकाे सन्चालनमा सुरु भएकाे कार्यक्रममा राजनितिक दल, कर्मचारी शिक्षक ,व्यापारी, बुद्विजिवी ,बिध्यार्थी ,युवा क्लब, आमा समुह लगाएतकाे उपस्थितिमा बालश्रम मुक्त वडा घाेषण गरिएकाे हाे।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार