मंसिर १३ काठमाडौ – बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणलाई लिएर महिला अधिकारकर्मी रुबी खान नेतृत्वकाे टाेली दाेस्राे पटक माइतीघर मण्डलामा साेमबार पाँचौ दिन पनि न्याय खाेजिरहेका छन।
खान सहितकाे टाेली यसअघि न्यायकै लागि नेपालगन्जबाट २० दिन पैदल हिडेर काठमाडौ आएकाे थियाे। त्यति बेला प्रहरीले खानलाई गिरफ्तार समेत गर्याे र पनि खानले आफ्नाे आन्दोलनलाई झन दबाब मुलक बनाउदै गएर अनसन समेत बसिन।
सरकार पक्षबाट न्यायकाे लागि केही आश्वासन पाएपछि खानकाे टाेली नेपालगन्ज फर्कियाे तर न्यायका लागि कुनै सुनवाइ नभएपछि बाँकेमै निरन्तर एघारौं दिन सम्म न्यायका लागि सरकारकाे ध्यानाकर्षण गराए तर कुनै सुनुवाइ नभए पछि फेरि माइतीघर आएका हुन।
घटनाका मुख्य अभियुक्त तथा नेपाली कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीलाई पक्राउ गरी सजाय गरियोस् भन्दै घटनामा संलग्न रहेकाे भन्दै पिडित पक्षले आठजनाकाे नाममा किटानी जाहेरी दियाे सात जना पक्राउ परे बादसाह मात्रै पक्राउ परेनन।
पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह थिए। तर बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको थियो। मुख्य दोषी बादशाह कुर्मी पक्राउ परेका थिएनन्। आइतबार ती ६ जना दोषीलाई पनि हाजिरी जमानीमा छाडेपछि पिडित झन अन्यायमा परेकाे जनसहारा अनलाइन संग खानले बताइन।
महिला अधिकारकर्मी खान नेतृत्वले राखेका मुख्य मागहरु;
१.राष्ट्रिय छानबिन समितिले गृहमन्त्री ज्यूलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
२.निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि सी.आई. बी सहित विज्ञ टोली बनाई तत्काल निर्मला कुर्मी काे सम्पत्ति छानबिनका लागि पठाइयोस ।
३.निर्मला कुर्मी हत्याको पुन निष्पक्ष अनुसन्धान छिटो छरितो रूपमा गरियोस् ।
४. मुख्य अभियुक्तलाई अहिले सम्म संरक्षण गर्ने बाँकेका एस.पी श्याम कृष्ण अधिकारी तथा डी एस पी मधु सुदन न्यौपानेलाई तत्काल विभागीय कारबाही गरियोस् ।
जनसहारा अनलाइन संग कुरा गर्दै खानले भनिन्; “अब हामी माथि झन पीडा थपिएको छ। निकै दुखी छौ अब आन्दोलनकाे रूप परिवर्तन गरेर भएपनि सरकारलाई दबाब दिने भनेर छलफल गर्दैछौ।´न्या नपाए सम्म सरकार विरुद्ध हामी प्रश्न खडा निरन्तर गरिरन्छौ।”
यतिबेला देशभर महिला हिंसा विरुद्धकाे १६ दिने अभियान चलिरहेको छ। तर सरकारकाे ढाेकामै आएर महिला अधिकारकर्मीले न्यायका हात थाप्दा पनि सरकार उदासीन छ। न्याय नपाउनुमा राजनीतिक संरक्षण नै प्रमुख कारक हाे। सरकार प्रति लक्षित गरि आन्दोलनरत खान नेतृत्वकाे टाेलीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे फाेटाे संगै न्यायका लागि कलम चलाउन सरकार लेखेका पर्चा र कलम सहित न्यायका लागि लडिरहेका छन।