मंसिर १३ चितवन – नेकपा एमालेको १०औं महाधिवेशनलाई बन्दसत्रबाट सर्वसम्मतमै टुंगोमा पुर्‍याउन खाजेका अध्यक्ष ओलीलाई अन्ततः चुनावी धक्का लागेकाे छ।

भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरे पछि उम्मेदवारीकाे लर्काे नै लागेकाे छ। उपाध्यक्षमा नेता घनश्याम भूसालले उम्मेदवारी दर्ता गराएका छन। भुसालले पहिलेदेखि नै उपाध्यक्ष दाबी गर्दै आएका थिए। त्यसैगरी भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीले १९ सदस्यीय पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्ताव गरेका थिए। त्यसमा आफुहरुकाे असहमति रहेकाे भन्दै उम्मेदवारी दर्ता गरेका हुन। अन्य नेताहरुले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार