मंसिर १२ दाङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ जिल्लाकाे अधिवेशन पनि सम्पन्न भएकाे छ।

नेपाली कांग्रेस जिल्ला सभापतिमा पौडेल निकट शंकरप्रसाद डाँगी निर्वाचित भएका छन । सभापति पदका ४ जना उम्मेदवार रहेकाे दाङमा ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेपछि धेरै मत ल्याउने मध्ये २ जना शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच फेरि चुनाव गर्नुपर्ने भएपछि भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि शंकर सभापति स्वत निर्वाचित भएकाे जिल्ला निर्वाचन समितिले जनाएको छ ।

सभापतिका चार उम्मेदवारहरुमा शंकरप्रसाद डाँगीले ७७६, भुुपबहादुर डाँगीले ५४६, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए। उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार