मंसिर ११ राेल्पा – जिल्ला समन्वय समिति रोल्पाले नियमित पालिका अनुगमन गर्ने कार्यक्रम अन्तर्गत थबाङ गाउँपालिका रोल्पाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा परिचयात्मक कार्यक्रम, गाउँपालिकाका गतिविधि, प्रशासनिक, भौतिक कार्यसम्पादन फारम भरेर लेखा अधिकृत धन बहादुर वलीले बुझाएका हुन ।

गाउँपालिकाको कार्यालय थबाङमा अनुगमन टोलि ,जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा अनौपचारिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा , थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती , समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे , प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेय , गाउँपालिकामा कार्यरत सबै शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेकोे थियोे ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले गाउँपालिकाको विकास, योजना संन्चालन समसामयिक गतिविधिको जानकारी गराउदै अनुगमनको लागि जिल्ला समन्वय टिमलाइ धन्यवाद व्यक्त गरेका थिए ।

जिल्ला समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डेले थबाङ नाम पहिलेबाटै सुनेको आफू थबाङ गाउँपालिकामा अनुगमनको क्रममा आउन पाएकोमा खुशी गरेका छन भने , काम आउने कानुनी जटिलता केही भए गुनासो टिपाउन अनुरोध गर्दै आफुहरु समन्वयकारी भुमिकामा रहेकोले सहजीकरणको लागि अनुगमनमा बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार