मंसिर १० काठमाडौँ – प्रहरीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका -४ घर भई हाल काठमाण्डौ बानियाटार बस्ने ५० वर्षिय हेम कुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिका -१ घर भई हाल ललितपुर सानुगाँउ बस्ने नवीन भन्ने ३९ वर्षिय मंगल सिहं, काठमाण्डौ टोखा नगरपालिका -४ का ३७ वर्षिय ईक्रम श्रेष्ठ, काभ्रे बनेपा नगरपालिका-४ घर भई हाल भक्तपुर दुवाकोट बस्ने ३१ वर्षिया कार्साङ्ग लामा, खोटाङ हलेसी नगरपालिका-६ घर भई हाल काठमाण्डौ महाराजगंज बस्ने २३ वर्षिया घनश्याम आले मगर, काठमाडौ महानगरपालिका -८ तिलगंगा का ५१ वर्षिया मदन पोडे, खोटाङ हलेसी नगरपालिका-९ घर भई काठमाण्डौ चावहिल बस्ने २० वर्षिया जीवन थापा, तनँहु भानू नगरपालिका-६ घर भई हाल काठमाण्डौ सामाखुसी बस्ने २५ वर्षिया सुदिप थडराई, काठमाडौ महानगरपालिका -१३ छाउनीकम ५३ वर्षिया अनिल चरण श्रेष्ठ र साेहि ठाउका ५१ वर्षिया अनुप कुमार श्रेष्ठ रहेकाे महाशाखाले बताएको छ।

उनिहरुबाट विभिन्न किसमले प्याक गरेर राखेकाे रक्तचन्दनको सुगन्धित ३३ लिटर तेल बरामद गरेकाे छ। उक्त तेलकाे बजार मुल्य प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । पक्राउ परेका १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार