मंसिर १० राेल्पा – नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत राेल्पा जिल्ला कार्यसमितिकाे निर्वाचनकाे विषयलाई लिएर विवाद झन चुलिएको छ। असन्तुष्ट पक्षले अहिले मतगणना बदरकाे माग गरेर केन्द्रीय निर्वाचन समितलाई ध्यानाकर्षण गराएका छन।                                                                                                                                                         निर्वाचन अधिकृतकाे टाेली निर्वाचन सम्पन्न गराइ फर्किएको भन्दै सुलिचौर पुगेका थिए। तर यता जिल्लामा असन्तुष्ट पक्षले छानबिन तथा निर्वाचन र मतगणना बदर गर्न माग राखेकाे हुदा छलफलकाे लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पुन: सदरमुकाम लिबाङ फर्कन आग्रह गरेकाे जनसहारा अनलाइन संग बताए। निर्वाचन अधिकृतकाे टाेलीलाई विजयी पक्षका  काङ्ग्रेस कार्यकर्ताले पुनःआफ्नो गाडीमा राखेर सुरक्षा दिने भन्दै सातदोबाटो बाट आफ्नो नियन्त्रणमा लिन खाेजेपछि सुरक्षाको लागि भन्दै प्रहरी नियन्त्रणमा लिएको तर अधिकृतलाई पक्राउ नभएर छलफलकाे लागि बाेलाएकाे प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।                                                                                                                      कतिपय कांग्रेस नेता कार्यकर्ताले गृहमन्त्री र प्रमुख जिल्ला अधिकारी विरुद्ध नारावाजी गरिरहेका छा। स्थिति तनाब ग्रस्तकाे अवस्थामा जान सक्ने सम्भावना छ।  सुरक्षा स्थिति नियन्त्रणमा लिन अहिले जिल्ला सदरमुकाम लिबाङ र सातदोबाटो आसपासमा सुरक्षाकर्मीकाे बाक्लो उपस्थिति छ।

असन्तुष्ट पक्षले मतगणना हुँदै गर्दा आक्रमण गर्ने र मत च्यात्ने प्रयास गरेकाे र हातपातको प्रयास समेत भएकाे भन्ने सार्वजनिक भइरहेकाे बेला यहि विषय अहिले समाधानकाे सट्टा झन पेचिलाे बनेकाे छ।

कांग्रेस केन्द्रीय पक्षधर अनुसार राेल्पामा दुईवटा पक्ष देउवा र पौडेल समूह चुनावी मैदानमा आए। देउवा पक्षबाट मानबहादुर खत्री र पौडेल पक्षबाट किशोर आचार्यले प्यानल सहित प्रतिस्पर्धाकाे मैदान राेजे। लाेकतनत्र प्रणालीमा हार जित अवश्य पनि छ। तर राेल्पामा भने निर्वाचन अधिकृत कारक बनेर विवाद उतपन्न भएकाे देखिन्छ।

असन्तुष्ट पक्षले केन्द्रीय निर्वाचन अधिकृतकाे कार्यालयलाई गत बुधबार साझ नै राेल्पामा मतगणनाकाे क्रममा लापरबाही र अन्याय भएकाे जानकारी गराएकाे स्मरण गराउदै निर्वाचन अधिकृत सुर्य बहादुर वलीले तत्कालीन जिल्ला सभापति तथा आसन्न प्रदेश अधिवेशन लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार अमरसिंह पुनकाे पक्षमा खुलेरै धाधलीपुर्ण, अनैतिक कार्य देखाउदै मत नभएको पनि गणना तथ्यांकमा एतिकै टिक लगाउने गरेकाे हुदा आफुहरु निर्वाचन जस्तो स्वच्छ प्रणाली अपनाउदा पनि पीडित बन्नु परेकाे भन्दै उक्त धाधलीपुर्ण निर्वाचन र मतगणना बदर गर्न केन्द्रीय निर्वाचन कार्यालयसंग माग गरेकाे छ।

निर्वाचन अधिकृत वलीकाे अनैतिक कार्यप्रति आफुहरुले कुरा उठाउदा हात हालाहाल वा धकेलाधकेलकाे अवस्था सिर्जना भएपछि तत्काल स्थगन भएकाे मतगणना बिहिवार बिहान प्रमुख जिल्ला अधिकारी मार्फत च्यात्तिएका मत र मतगणना स्थलकाे अवस्था हेरि पुनः मतगणना गर्नेमा दुबै पक्ष सहमत भएको र दिउसाे मतगणना स्थल पुगि अनुगमन गर्दा निर्वाचन प्रक्रिया, मतदान र मतगणना समेत अवैधानिक देखिएकाे भन्दै याे निर्वाचन बदरकाे माग गरिएको असन्तुष्ट पक्षका जिल्ला सभापतिका उम्मेदवार मानबहादुर खत्रीद्वारा हस्ताक्षर मागपत्रमा उल्लेख छ।

निर्वाचन अधिकृतले गरेका अवैधानिक कार्य

पौडेल पक्ष अमरसिंह पुन समुह के भन्छन ?

जिल्ला सभापतिका उम्मेदवार मानबहादुर खत्री र क्षेत्रीय सभापति दुर्गाबहादुर खड्काले नेपाली कांग्रेस राेल्पाका सभापति, लुम्बिनी प्रदेश सभापति उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका अमरसिंह पुन र निर्वाचन अधिकृत सूर्य वलीमाथि हातपात गर्ने प्रयास गरि लाेकतन्त्रकाे प्रणालीमा हार स्विकार गर्न नसक्नेले सिङगाे लाेकतन्त्रकाे धज्जी उडाएकाे बताएका छन। निर्वाचन अधिकृतलाई गृहमन्त्रीकाे आदेशमा पक्राउ गरिएकाे र यसकाे विरुद्धमा सडमै अनसन बस्ने पुन पक्षले चेतावनी दिएकाे छ।

जिल्ला पदाधिकारीकाे मतगणना सकिएपछि खत्री समूहले सदस्यहरूकाे मत गणना गर्ने क्रममा मतपत्र च्यात्ने प्रयास गरेको र एउटा मत असन्तुष्ट भनिएका खत्री समुहले च्यातेकाे अमर पुन समूहकाे आराेप छ।

पौडेल पक्षका किशोर आचार्य प्यानल सहित विजयी भएकाे समुहले भने बिहीबार पदभार ग्रहण समेत गरिसकेका छन। देउवा र पौडेल पक्षबीच भएकाे चुनावी प्रतिस्पर्धामा पौडेल पक्षले प्यानल सहित जिल्लामा विजय हात पारेकाे छ भने प्रदेश निर्वाचन क्षेत्र दुईवटा रहेकाे राेल्पामा १/१ वटा क्षेत्र दुवै समुहले पाएका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार