मंसिर ९ राेल्पा –  “घरबाटै शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका साथ आज देखि सुरु भएको देशव्यापी महिला हिंसा विरुद्धको १६ दिने अभियान गंगादेव गाउपालिका रोल्पामा पनि उदघाटन गरिएकाे छ।

महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध जनचेतना कायम राख्न विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरि एकैसाथ मनाउने गरिन्छ।

कार्यक्रमको गंगादेव गाउँपालिका सानडाडाँ रोल्पामा र्‍याली सहित उदघाटन गरिएको हो। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा ,गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री ,जिल्ला समन्वय उपप्रमुख बिमला बुढा,समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे ,गाउँपालिका उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत, जिल्ला समन्वय समिति कार्यालयका शाखा अधिकृत सिन्धु पाण्डे लगायत गाउँपालिका जनप्रतिनिधि , कर्मचारी ,७ वटै वडाबाट महिला आमा समुहहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष रिता घर्तिको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमकाे महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले समाजमा हुने सबै खालका लैङ्गिक हिंसा न्यूनीकरण गर्न दश वर्षे जनयुद्धले चेतनाको विकास गरेको स्मारण गर्दै अब सबै सचेत नागरिक कुसंस्कारका विरुद्ध सशक्त रूपमा लाग्नु पर्ने बताउनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष रिता घर्तिले संविधानले सबैलाई बराबर अधिकार दिएकोले आफ्नो अधिकार र कर्तव्यबोध गरेर अगाडि बढ्नु पर्ने बताएकि छन । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालीकराम बस्नेतले अन्यायमा परेका व्यक्तिले गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्ने, समाजमा कानुनी चेतनाको विकास गर्नु पर्ने बताएका छन।

यो अभियान १६ दिन सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरि देशभर चल्ने छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार