मंसिर ९ राेल्पा – जिल्ला समन्वय समिति रोल्पा द्वारा गंगादेव गाउँपालिकाकाे अनुगमन गरेकाे छ।

जिल्ला समन्वय समिति रोल्पाले नियमित पालिका अनुगमन गर्ने कार्यक्रम अन्तर्गत गंगादेव गाउँपालिका रोल्पाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा परिचयात्मक कार्यक्रम गरेर गाउँपालिकाका गतिविधि, प्रशासनिक, भौतिक कार्यसम्पादन फारम भरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत र लेखा अधिकृत भरत बस्नेतले बुझाएका हुन ।

गाउँपालिकाको कार्यालय सानडाडाँमा अनुगमन टोलि ,जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा अनौपचारिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा , गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री , जिल्ला समन्वय उप-प्रमुख बिमला बुढा , समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे , समन्वय समिति सदस्य लोकमान वली, गाउँपालिका उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत , शाखा अधिकृत सिन्धु पाण्डे , शाखा अधिकृत बिजया छनत्याल , लेखा अधिकृत भरत बस्नेत , गाउँपालिकाका सबै शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले गाउँपालिकाको विकास, योजना संन्चालन समसामयिक गतिविधिको जानकारी गराउदै अनुगमनको लागि जिल्ला समन्वय टिमलाइ धन्यवाद व्यक्त गरेका छन । गाउँकार्यपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले प्रशासनिक काम साथ-साथै विकास निर्माणको योजनाहरु अगाडि बढाइ रहेको जानकारी गराएका छन ।

जिल्ला समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डेले गाउँपालिकामा हुने उत्पादनका बारेमा चासो राख्दै काम आउने कानुनी जटिलता केही भए गुनासो टिपाउन अनुरोध गर्दै आफुहरु समन्वयकारी भुमिकामा रहेकोले सहजीकरणको लागि अनुगमनमा हिडेको बताए । समन्वय समिति प्रमुख राज बहादुर बुढाले गंगादेव गाउँपालिकाका गतिविधि सन्तोषजनक रूपमा अगाडि बढिरहेको प्रतिक्रिया दिदै जनप्रतिनिधि र कर्मचारीको समन्वयबाट नै परिणाममुखी काम बन्ने भएकोले त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार