समीर श्री, मंसिर ९, सल्यान – “घरबाटै शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका साथ आज देखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान सल्यानको बाँगेलाखुरीमा पनि सुरु भएको छ ।
महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध जनचेतना कायम राख्न विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरि एकैसाथ मनाउने सन्दर्भमा सल्यानका विभिन्न स्थानसँगै बागचौर नगरपालिका वडा नं. ५ को बाँगेलाखुरीमा पनि ई.प्र.का. सिमखोलीको आयोजनामा यो कार्यक्रम मनाईएको छ ।
कार्यक्रममा ई.प्र.का. सिमखोलीका प्रमुख शसीराम जैसी तथा बागचौर नगरपालिका वडा नं ५ का.वा. वडाध्यक्ष विक्रम रावत लगायत महिला दिदीबहिनी उपस्थिति रहेको थियो ।
कानुनले निषेध गरेका गतिविधि तथा महिलाहरुमा हिंसात्मक गतिविधि बढने क्रम रहेकाले केहिहदसम्म भए नि न्युनिकरणकाे लागि देशका ७ सय ५३ वटै स्थानीय तहमा आज देखि १६ दिनसम्मका लागि याे अभियान सुरु गरिएको छ ।