मंसिर ९ काठमाडौ – आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ ।
महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमको आयोजना मनाइन्छ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे संगै दिवसकै रुपमा अभियान स्वरुप मनाउन सुरु गरिएको हाे
२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हरेक वर्ष मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।
कानूनले निषेध गरेका गतिविधि महिलाहरु हिंसात्मक गतिविधि बढने क्रम रहेका केहिहत सम्म न्युनिकरणकाे लागि याे अभियानले सहयाे गर्छ। महिलाहरुलाई बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत, विभेद र प्राय ठाउँमा घरेलु हिंसाबाट पनि महिलाहरुलाई पीडा दिने गरिएको देखिन्छ।
सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गरिने गरिन्छ।