मंसिर ८ रुकुम (पश्चिम) – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय भएपन नेपाली काँग्रेस रुकुम पश्चिमले सर्वसम्मतबाट बुधबार जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ।

जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत चयन भएका छन । याे संगै ओलीले सभापतिकाे लागि दाेस्राे अवसर पाएका छन। गत सोमबार अधिवेशनको उद्घाटन पछि सहमति मार्फत नेतृत्व चयनकाे रस्साकस्सी गरेकाे रुकुम पश्चिम कांग्रेसले मंगलबार बन्द सत्रमा पूर्व राज्य मन्त्री समेत रहेका गोपाल जि जंग शाहको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मतकाे कार्यदल गठन गरिएकाे हने । उक्त कार्यदलले सभापति सहित जिल्ला कार्यसमितिको सर्वसम्मत नामावली र पद निर्वाचन समितिलाई बुझाए पछि जिल्ला कार्यसमितिकाे अधिवेशन सम्पन्न भएकाे हाे।

सर्वसम्मत परेका जिल्ला कार्यसमितिमा उपसभापति द्वाेय हर्कसिंह खत्री र सुरतजंग मल्ल, सचिवमा द्वाेय परमेश्वर भण्डारी र तारक शाही, सह-सचिवमा द्वाेय यज्ञ बिष्ट र प्रेमबहादुर खड्का चयन भएका हुन। मनोनित गर्ने प्रावधान मध्ये कोषाध्यक्ष पदमा मोहबिर खड्कालाई नै यथावत राखिएको कर्णाली पदेश महाधिवेशन प्रतिनिधि नरेन्द्र ओलीले जनसहारा संग बताए।

प्रदेश निर्वाचन क्षेत्र

दुई प्रदेश निर्वाचन रहेकाे रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्र नं. (क) को सभापतिमा महेन्द्र केसी र (ख) को सभापतिमा भद्रबहादुर बिष्टलाई सर्वसम्मत चयन गरिएको छ।

कार्यदलले यो समाचार तयार पार्दा सम्म जिल्ला कार्य समितिको सहमति विवरण मात्र निर्वाचन समितिलाई बुझाएको छ । केही समयपछि प्रदेश र केन्द्रीय  महाधिवेशन प्रतिनिधिको नाम पनि सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार