मंसिर ८ बाँके – नेपालगन्ज विमानस्थलमा बेलुका गुडिरहेको जहाजसंग स्याल ठोक्किएको छ । नेपालगन्ज विमानस्थलमा जहाजसंग वन्यजन्तु ठाेकिने याे घटना पहिलाे भने हाेइन।

बुधबार बेलुका ८:४५ बजे काठमाडौबाट नेपालगन्जका लागि नियमित उडानमा आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा रन-वेमा एक्कासि स्याल आएर ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।

स्यालले रन-वे काे बिचबाट आफ्नाे बाटाे काटन खाेज्दै गर्दा अवतरणकाे लागि आफ्नाे गति लगाईरहेकाे जहाजको अगाडीको नोजमा ठोक्किएको विमानस्थल स्रोतले जनाएकाे छ। जहाजकाे अगाडिकाे भागमा केही क्षति भएकाे देखिन्छ तर भित्र कति क्षति छ विवरण आउन बाकी रहेकाे र जहाजमा सवार यात्रु सबै सकुशल रहेका छन भने स्याल छेदबिच्छेद अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

यसअघि पनि नेपालगन्जबाट मुगु उडानकालागि रन-वे मा गुडिरहेको सीता एअरको जहाजसंग बदेल ठोक्किएकाे थियाे।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार