मंसिर ८ बाँके – गाई काटिरहेकाे अवस्थामा बाँकेबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका-५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको स्थानबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुईजना मिलेर खजुरा गाउँपालिका स्थित उडारापुरमा गाई काटिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु पनि बरामद गरेकाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार