मंसिर ७ सोलुखुम्बु – आफ्नै बाबुले छाेराछाेरी माथि एसिड प्रहार गरि घाइते बनाएका छन। सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षीय मोहन बराइलीले आफ्नै एक छोरा र एक छोरी माथि प्रहार गरेका छन।

सोमबार राति करिब ९ बजेतिर मादक पदार्थ सेवन गरि मातिएका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसिड प्रहार गर्दा छाेराछाेरी घाइते भएका हुन।

बराईलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिसकेको छ भने घाइते दाइ बहिनीकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार