मंसिर ७, सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार सल्यानमा पनि मतदान प्रक्रिया सम्पन्न भई मतगणना जारी रहेको छ ।

कुल मत १२२७ मध्ये हालसम्म १००१ मत गणना भैसकेको छ ।

नेपाली काँग्रेस सल्यानको सभापति पदका उम्मेदवारमा केश बहादुर बिष्ट र धुर्वराज पुरी प्रतिस्पर्धामा छन । जसमध्ये अहिलेसम्मको मत परिणाम हेर्दा सभापतिमा पुरीले अग्रता कायम गरेको देखिन्छ भने अन्य पदका उमेदवारहरुको भने कोही विष्ट प्यानल कोही पुरी प्यानबाट लिड गरेको पाईन्छ ।

१००१ मत गणना गर्दासम्म कडा प्रतिस्पर्धा देखिन्छ ।

सभापति
केश बहादुर बिष्ट : ४८८
ध्रुब राज पुरी : ४९८

उप-सभापति
गोपाल बुढाथोकी : ४२२
चक्र बहादुर देवकोटा : ४७८
दिल्ली बहादुर बुढाथोकी : ४५२
सन्तोष के.सी : ४९९

सचिव
प्रकाश भण्डारी : ५६६
लोक राज आचार्य : ३९७
एक राज बुढाथोकी : ४६१
दिल्ली प्रसाद जैसी : ४३८

सह-सचिव
खिम बहादुर रावत : ४६३
जनक राज गौतम : ५१०
पदम बहादुर बुढाथोकी : ४६२
बुद्धि प्रकाश हमाल : ४६१

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार