मंसिर ६ काठमाडौं – सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत आप्रवासी स्रोत केन्द्रका कर्मचारीहरुको लागि ३ दिने क्षमता विकासका लागि दोस्रो समुहको पूनर्ताजगी तालिम आज देखि काठमाडौको गोदावरी नजिक होटेल भ्यु भृकुटीमा सुरु भएको छ । पहिलो समुहको तालिम मंसिर २ गते देखि सुरु भएर ४ गते समापन भएसँगै दोस्रो समुहका लागि मंसिर ६ अर्थात आज देखि सुरु भएर ८ गते सकिने तालिम संचालक टिमले जानकारी दिएको छ ।
उक्त तालिमको प्रमुख अतिथि वैदेशिक रोजगार विभागका महानिर्देशक सह-सचिव दिपक काफ्ले, विशिष्ट अतिथि वैदेशिक रोजगार बोर्डका उप-सचिप दिनबन्धु सुवेदी रहेका थिए ।
सामी परियोजना देशका ३९ जिल्लामा संचालित छ । परियोजनाले सुरक्षीत वैदेशिक रोजगारीको लागि १२ वर्ष देखि काम गर्दै आएको छ । उक्त तालिममा १४ जिल्लाका करिब २६ जना सहभागी रहेका छन।