मंसिर ६ सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे निर्वाचन हुदैछ। साेहि अनुरुप जिल्ला कार्यसमिति सल्यानकाे लागि पनि अहिले मतदान सुरु भइसकेको छ।

नेपाली काँग्रेस सल्यानको सभापति उम्मेदवारमा केश बहादुर बिष्ट र धुर्वराज पुरी प्रतिस्पर्धामा छन। देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरी चुनावी मैदानमा छन। सल्यानमा कुल मतदाता संख्या १२८० रहेकाे छ।

सल्यानमा एउटै पार्टी भित्रकाे निर्वाचनमा पनि उम्मेदवारले धेरै महंगो चुनावी प्रचारप्रसार गरेकाे पाइएकाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार