मंसिर ४ राेल्पा – गत बिहिबार सहिद मार्ग अन्तर्गत माडी खाेलामा बेलुका करिब ६ बजेतिर बस दुर्घटनामा परि ज्यान गुमाउने चार जनाकाे पाेस्टमार्टम गरि शव आफ्नतकाे जिम्मा लगाइएको छ।

दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको रिजर्भ बस रोल्पाको माडी र परिवर्तन गाउँपालिकाकाे सिमाना तार्केवाङमा दुर्घटना हुँदा ४ जनाकाे घटना स्थलमै मृत्यु भएको थियाे। भने १९ जना घाइते भएका थिए। मृत्यु हुनेमा चालक परिवर्तन गाउँपालिका ४ का ४० वर्षिय बिरमान बुढामगर, साेहि ठाउका ५० वर्षीय कुमार पुन, २९ वर्षीय दिपक रोका त्रिवेणी ४ कि १८ वर्षिया पुष्पा घर्तीमगरकाे शनिबार जिल्ला अस्पताल रेउघामा पाेस्टमार्टम पछि शव आफ्नतले बुझेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

‌घाइतेहरु मध्ये ५ जना भैरहवा र ४ जना घाेराहीमा उपचारत रहेका छन। बाकी १० जना घर फर्किसकेका छन। दुर्घटनाको कारण भने कच्ची सडक, खाल्डाखुल्डी भएकाे ठाउँमा तिव्र गतिका कारण बस अनियन्त्रित भई भित्तामा ठाेकिइ सडकबाट तल खसेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जनसहारा अनलाइन संग बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार