मंसिर ४ बाँके – महिला अधिकार मञ्च बाँकेले फेरि काठमाण्डौ माइतीघर मण्डलामा आन्दोलन गर्ने निर्णय गरेकाे छ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै निरन्तर न्यायका लागि आवाज उठाउदै आएकाे मानवअधिकार कर्मि रुबी खानकाे टिमले निरन्तर न्यायका लागि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएकाे छ।
महिला अधिकारकर्मीले राखेका मागहरु
१.राष्ट्रिय छानबिन समितिले गृहमन्त्री ज्यूलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।२.निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि सी.आई. बी सहित विज्ञ टोली बनाई तत्काल निर्मला कुर्मी काे सम्पत्ति छानबिनका लागि पठाइयोस ।
३.निर्मला कुर्मी हत्याको पुन निष्पक्ष अनुसन्धान छिटो छरितो रूपमा गरियोस् ।
४. मुख्य अभियुक्तलाई अहिले सम्म संरक्षण गर्ने बाँकेका एस.पी श्याम कृष्ण अधिकारी तथा डी एस पी मधु सुदन न्यौपानेलाई तत्काल विभागीय कारबाही गरियोस् ।
न्याय नपाए सम्म अनिश्चितकालीन धर्ना कार्यक्रम अन्तर्गत दिउसाे १ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि न्यायका लागि कलम चलाउनुस सरकार, के राष्ट्रिय छानबिन समितिकाे प्रतिवेदन पनि बेकार ? भन्ने नारा र मागहरु लेखिएका व्यानर, कलम र प्रधानमन्त्री लगाएतकाे फाेटाे सहितकाे प्लेकार्ड बाेकेर सातौ पटक सम्म धर्ना दिदै आएपनि संघिय सरकार र स्थानीय सरकार कसैले पनि सुनुवाइ नगरेपछि पुन माइतीघर मण्डलामा आन्दोलन गर्ने महिला अधिकार मञ्च बाँकेले निर्णय गरेकाे अधिकारकर्मी रुबि खानले जनसहारा अनलाइन संग बताइन।
विधवा महिला निर्मला कुर्मी काे अपहरण, शरीर बन्धक कर्तव्य ज्यान मुद्दामा सत्य तथ्य छानबिनका लागि सरकारले पठाएको छानबिन समितिले सत्य तथ्य छानबिन गरी २०७८ कार्तिक १४ गृहमन्त्री समक्ष प्रतिवेदन बुझाइ सकेको छ। तर सरकारद्वारा उक्त प्रतिवेदन अहिले सम्म पनि सार्वजनिक नगरेकाे र कार्यान्वयन नगरिएको प्रती महिला अधिकारकर्मीहरुकाे आपत्ति जनाएका छन ।
जनसहारा अनलाइन संग कुरा गर्दै अधिकारकर्मी खानले भनिन्;”हामी शान्तिपूर्ण रुपमै दाेस्राे चरणकाे आन्दोलन स्वरुप दैनिक एक घण्टा जिल्ला प्रशासन अगाडि धर्नाकाे कार्यक्रम गर्दा हामी माथि वेवास्ता गरियाे।” प्रशासन मौन रह्यो अब फेरि हामी विकल्पकाे रुपमा दाेस्राे पटक मंगलबार सम्ममा माइतीघर मण्डलामा जाने तयारी गरिरहेका छौ।” मुख्य अभियुक्त पक्राउ नपरे र पिडितले न्यायकाे महशुस नगरेसम्म निरन्तर सरकारलाई न्यायकाे ढाेका ढकढक्याउ छौ।” उक्त प्रतिवेदन कार्यान्वयनका लागि गत कार्तिक २७ गते देखि दोस्रो चरणको आन्दोलन स्वरुप दैनिक एक घण्टा बाँके जिल्ला प्रशासन अगाडि धर्ना कार्यक्रम गर्दै आएकाे छ। पिडितले आठजनाकाे किटानी जाहेरी दिएकाेमा सात जना आरोपित पक्राउ परे पनि एकजना मुख्य अभियुक्त पूर्व सांसद बादशाह कुर्मी पक्राउ नपरेकाे भन्दै पिडित परिवार सहित महिला अधिकारकर्मी न्यायकाे लागि निरन्तर आन्दोलनरत छन।