मंसिर ३, सल्यान – सल्यानको कुपिण्डे तालमा आज पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । तालमा पूर्णिमाको अवसरमा आज मेला लागेको थियो र उक्त मेलामा गएका बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ आगरनेटाका ८ वर्षीय रमेश सुनारको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्युमा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मेला हेर्न गएका उनी साथीहरूसँग पौडी खेल्न जाँदा  तालमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार