मंसिर ३ सल्यान – धार्मिक महत्वले भरिएको लगातार दुई वर्षसम्म कोरोना भाइरसका कारण रोकिएको मोखला मेला याे वर्ष भने लागेको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले दिएकाे अनुमति अनुसार नै याे वर्ष मेला लागेकाे हाे।

उक्त मेला बागचौर नगरपालिका वडा नं. १० पिपलनेटाको मोखलामा पर्दछ । प्रत्येक वर्षको तिहार पछि आउने पहिलो पूर्णिमाको दिन उक्त मेला लाग्ने गर्दछ ।

मोखलामा शिव गुफा भएकाले पनि यसको धार्मिक तथा पर्यटकिय महत्व रहनुका साथै शिव गुफा कति लामो छ भन्ने अहिलेसम्म पनि थाहा हुन सकेको छैन। यस गुफामा भगवान शिवको मूर्ती रहेको छ भने पायक पर्ने सबै ठाउँका मानिसहरु पुजापाठ तथा विवाहका लागि जाने गर्दछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार