मंसिर २ राेल्पा – सहिद मार्ग अन्तर्गत माडी खाेलामा बिहीबार बेलुका करिब ६ बजेतिर बस दुर्घटनामा परेकाे छ।

दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी र परिवर्तन गाउँपालिकाकाे सिमाना तार्केवाङमा दुर्घटना हुँदा हालसम्म ४ जनाकाे मृत्यु भएको छ। सनाखत भने चालक परिवर्तन गाउँपालिका ४ का ४० वर्षिय बिरमान बुढामगरकाे मात्र भएकाे छ अन्य ३ जनाकाे नभएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घाइते हुनेहरुमा १६ वर्षिय किरण घर्तिमगर, २६ वर्षिय ‌बिना बुढामगर परिबर्तन २ राङ्सी,१२ वर्षिय ‌कबिता बुढामगर थबाङ ३, ३२ वर्षिय बिनोद ओलि परिबर्तन ५, २१ वर्षिय ‌बिरेन्द्र मगर परिबर्तन १, ‌बिष्णु कुमारी रोका घोराही १३, २८ वर्षिय ‌निर्मला रोका, २४ वर्षिय ‌घनी बुढा मगर, ३ वर्षिय ‌सिहन बोहरा घोराही १३, २५ वर्षिय बिमला रोका मगर घोराही १४, २२ वर्षिय उषा बोहरा घोराही १३, १६ वर्षिय ‌रुजन पुन मगर परिबर्तन ६, २१ वर्षिय ‌भिम कुमारी पुनमगर परिबर्तन ६, ३६ वर्षिय ‌तेज बहादुर पुन परिबर्तन गाउँपालिका, १० वर्षिय एन्जेस रोकामगर घोराही डुम्मरगाउ, २५ वर्षिय ‌आशा बोहरा घोराही १३, २१ वर्षिय ‌हर्कमान रोका घोराही १३, २८ वर्षिय ‌अनिता बुढामगर परिवर्तन २, ३४ वर्षिय ‌कमेराज रोका परिबर्तन ५ का रहेका छन।

घाइतेहरुकाे स्मृति हस्पिटल घर्तीगाउँमा प्राथमिक उपचार पछि कसैलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने देखिएकाे र केहिलाई जिल्ला अस्पताल रेउघामा ल्याउने तयारी रहेकाे जिल्ला प्रहरीले कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार