कात्तिक ३० राेल्पा – जिल्ला स्थित विभिन्न कार्यालयमा आकस्मिक अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरु संघ र प्रदेश अन्तर्गत रहेका जिल्ला स्थित कार्यालयहरुको अनुगम गरेकाे हो । कार्यालय समयमा कार्यालयका कर्मचारीहरु उपस्थित नभएको जनगुनासो आए पछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय राेल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अनुगमनको क्रममा संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयहरुले सेवा प्रवाह समयमै गरेका छन वा छैनन्, कर्मचारीहरु समयमा उपस्थित भएका छन वा छैनन्, तत्काल प्रवाह भइरहेको सेवाबाट सेवाग्राहीकाे कस्ताे प्रतिक्रिया छ भनी अनुगमन गरेको जानकारी दिए।

सुशासन ऐन २०६४, नियमावली २०६५ ले प्रमुख जिल्ला अधिकारी लाई आकस्मिक अनुगमन गर्न सक्ने अधिकार दिएकाले र संघ र प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरु वन डिभिजन कार्यालय, सहिद मार्ग सडक याेजना, राेल्पा अस्पताल, शिक्षा समुन्वय इकाई, ग्रामीण सडक सञ्जाल सुधार आयाेजना, कृषि ज्ञान केन्द्र, सडक पुर्वाधार विकास कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन सिचाइ कार्यालय, राेल्पा आयुर्वेद स्वास्थ्य केन्द्र, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, खाद्य व्यवस्था कम्पनी लिमिटेड लगाएतका कार्यालयकाे सेवा प्रति जनगुनासाे आएपछि आफुले आकस्मिक रुपमा उक्त सरकारी कार्यालयहरुको अनुगमन गरेकाे प्रमुख जिल्ला अधिकारी सापकोटाले जनसहारा अनलाइन संग बताए।

अधिकाशं कार्यालय प्रमुख तथा सहायक कर्मचारीहरु समयमा अनुपस्थित हुनेलाई समयमै उपस्थित भई सेवाग्राहीलाई सेवा पुर्याउन र निरीक्षणका क्रममा प्राप्त भएका कुराहरुलाइ सम्बोधन गर्न सम्बन्धित कर्यालय प्रमुख तथा कर्मचारीलाई कडा निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार