कात्तिक ३० लमजुङ – जनगणना चलिरहेकाे बेला कतै पेन्सिल प्रयाेग त कतै केरमेट गरेर सच्याएकाे तथ्यांक फेला परेकाे सार्वजनिक भइरहेका बेला लमजुङमा भने धर्म नै गलत राखदिएकाे पाइएकाे छ।

तथ्यांक संलग्न गर्ने क्रममा  बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर जनगणनाकाे लागि खटिएकि गणक विना थापाले गलत तथ्यांक संकलन गरिएको पाइएकाे छ।

धर्म विवरण स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले बुझेर पनि हिन्दु लेखेकाे भन्दै स्थानीय तमु समुदायले गणक थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लमजुङलाई बुझाएका छन।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार स्थानीयले तथ्यांक सहित गणक थापालाई आफू समक्ष ल्याएकाे र अनुसन्धानकाे लागि प्रक्रिया थालिएको बताए।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार