कात्तिक २९ पर्सा – सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा साेमबार बिहान ०९:३० बजेदेखि सुरु गरि बेलुका ५:३० बजे सम्म जिल्ला प्रहरी कार्यालय पर्साकाे टाेलीले करिब एघार बिघा लगाएकाे गाँजा खेती नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको नेतृत्वमा खटी गएको टोलीले पर्सा ठोरी गाउँपालिका वडा नं.३ र ४ मा एघार बिघा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू अन्दाजी .२,२०,०००।–फडानी गरी नष्ट गरिएको बताएको छ।

उक्त गाँजा खेती कसले गरेकाे भन्ने अहिलेसम्म एकिन नभएकाे र सलंग्नता व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य जारी रहेकाे पर्सा प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार