कात्तिक २७ दाङ – नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङको चौथो अधिवेशन शनिबार घाेराही स्थित हाेटल डाेकाेकाे सभाहलमा सम्पन्न भएको छ।

उक्त भेला बाट रुद्रमणि पौडेलको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसको उपाध्यक्षमा किरण जैशी, रेशमलाल शर्मा र कुन्ता भण्डारी, सचिव अमर ओली, सह-सचिव खड्क केसी र कोषाध्यक्ष मनोज बिष्ट चयन भएका छन।

त्यस्तै अन्य सदस्यहरुमा काशीराम ओली, चन्द्रप्रकाश नेपाली, अर्जुन श्रेष्ठ, कुविरजंग खड्का, दानसिंह रोका, जोखिम ओली, गोपाल केसी, ओमप्रकाश केसी, दीपा पुन मगर, पुष्कर बिक, दीपक राना, कृष्ठ श्रेष्ठ, पोषणराज शर्मा, चन्द्रशोभा कँडेल, यमलाल भण्डारी, नमुना खड्का, कृष्ण चौधरी, रामराज पौडेल, अस्मिता थापा र आशिष बिसी चयन भएका छन।

रुद्रमणी पौडेलको अध्यक्षताबाट सुरु भएकाे कार्यक्रमकाे प्रमुख अतिथी नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय अध्यक्ष हरि रावलकाे रहेकाे थियाे। त्यसैगरी विशिष्ट अतिथीमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिव तथा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा `अपार´, विशिष्ट अतिथी पेशागत महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सीता बाँडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय उपाध्यक्ष तथा आधिकारिक ट्रेड युनियन केन्द्रीय सचिव अम्बादत्त भट्ट, नेपाल राष्ट्रिय कर्मचारी निजामती लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र राना लगाएत संगठनमा आवद्ध केन्द्रीय तथा प्रदेश स्तरका पदाधिकारी लगाएत राजनीतिक दलका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार