कार्तिक २६, काठमाडौं –  लामो समयपछी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को स्वकीय सचिव परिवर्तन गरिएको छ । यसअघि प्रचण्डको स्वकीय सचिवमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जोखबहादुर महरा (प्रताप)लाई जिम्मेवारी दिइएको थियो ।

तर पछिल्लो पार्टी निर्णय अनुसार जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिदै उनलाई लुम्बिनी प्रदेशमा पठाएकोले रिक्त स्थानमा पूर्व विद्यार्थी अध्यक्षसमेत रहेका सल्यान निवासी युवा नेता रमेश मल्ललाई प्रचण्डको स्वकीय सचिवमा नियुक्त गरिएको छ ।

मल्ल यसअघि नै मल्लले प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरिसकेका छन ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार