कात्तिक २६ काठमाडौ – विभिन्न व्यवसाय गर्दै आएकाे भन्दै विभिन्न ठाउँमा ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन। यसअघि २०७२-०२-२२ गते पक्राउ परि वैदेशिक रोजगारी सम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा २ वर्ष कैद र ३,५०,००० धरौटीमा रिहा भएका व्यक्ति पुनः पक्राउ परेका छन।

पक्राउ पर्नेमा भारत तामिलनाँडु राज्य, काडमबक्कम, चेन्नाई घर भई हाल काठमाडौ महानगरपालिका – , बालुवाटार बस्ने ४४ वर्षिय शिवम विरुमुथु चेटियार रहेका छन। मेडिकल व्यवसाय गर्ने गरेको, नेपाल स्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयर होल्डरहरुसग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भई रहेको भनि झुट्टा कागजात र बहाना गरि ठगी कार्यमा संलग्न रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई सम्बन्धित जग्गाधनीकाे स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्ने नियन्त्रणमा लिई ठगी गर्ने गरेको समेत पाइएकाे छ। नेपाल स्थित विभिन्न बैंक वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक सेयर रहेको भनि झुट्टा कागजात तथा विवरण देखाई ठगी गर्ने र आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर भन्दै नक्कली परिचय पत्र समेत प्रहरीले बरामद गरेकाे छ।

नेपाल सरकारका उच्च अधिकारीसगँ समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखि सो नागरिकता मार्फत बैंक खाता संचालन गरि ठगी मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको समेत पाइएकाे महाशाखाले जनाएको छ।

पटकपटक गरि विभिन्न व्यक्तिबाट पचास लाख ठगी गरेको र अन्य व्यक्तिहरु समेतसगँ ठगी गरेको देखिएको हुदाँ थप अनुसन्धान तथा आवश्यक ककारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार