कात्तिक २१ सल्यान – जिल्लाकाे दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटना हुदा मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ । जस मध्ये १० महिला र २ पुरुष रहेका छन।

मृत्यु हुने मध्ये १२ जना र घाइते हुने २८ जनाकै पहिचान खुलिसकेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
१. शारदा नगरपालिका १२ हाल तुलसीपुर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने,
२.शारदा नगरपालिका २ बस्ने ६१ वर्षिया मिना डाँगी,
३.शारदा नगरपालिका ३ बस्ने ६६ वर्षिया लिला बुढाथोकी,
४. त्रिवेणी १ काभ्राकी २४ वर्षिया मिना शाही,
५.बबइ गाउपालिका ४ दाञ् बस्ने ६० वर्षिया डुली रेउले,
६.बबई गाउपालिका ६ पञ्चकुलेकी ७० वर्षिया कलावली बुढाथोकी,
७. घोराही नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी,
८. छत्रेश्वरी २ का २९ वर्षिय तिलक वली
९. दाङ शान्तिनगर गाउँपालिका ८ कि ३५ वर्षिय सावित्रा केसी
१०.दाङ शान्तिनगर गाउँपालिका ६ काेरबाङका ५ वर्षिय सुरज ओली
११.दाङ घाेराही उप-महानगरपालिका १० कि ३६ वर्षिय रुपा केसी
१२.सल्यान त्रिवेणी गाउँपालिका ४ कि ९ वर्षिय सरिता बाेहरा रहेका छन।

फाेटाे सौजन्य:सल्यान प्रहरी प्रमुख डीएसपी गाेविन्द थापा

त्यस्तै घाइतेहरु २८ जनाकाे पनि पहिचान भइसकेको छ।
१.सल्यान शा.न.पा २ की २६ वर्षिय शिजन खान,
२.भरतपुर दाङ की ३ वर्षिय रोजी वली,
३.सल्यान शा.न.पा २ का ४९ वर्षिय टोपेन्द्र वली, ४.तुलसीपुर उप-महानगरपालिका २ बिजौरी २१ वर्षिया रुपमिना घर्ति,
५.तुलसीपुरका २१ वर्षिय भुवन डाँगी,
६.शा.न.पा २ का २६ वर्षिय रविन कुमार खान,
७.हापुरे दाङकी २१ वर्षिय तिला वली,
८. तुलसीपुर बेलुवाका २१ वर्षिय विषण डाँगी,                ९.सल्यान फलावाङकी २९ वर्षिया हिरा कुमारी बाेहरा
१०.सल्यान त्रिवेणी लुहामका २१ वर्षिय पोषण गिरी
११.सल्यान शा.न.पा ८ मार्ककि ५० वर्षिय मनकुमारी वली
१२.राेल्पा परिवर्तन गाउँपालिका राङसीकी २५ वर्षिय अनिता डागी
१३. उनका छाेरा ३ वर्षिय आयुष डागी
१४. दाङ घाेराही उप-महानगरपालिका १५ का ५० वर्षिय प्रमाेद गौतम
१५.दाङ तुलसीपुर उप-महानगरपालिका ९ कि ३८ वर्षिय बिमला घर्ती
१६.दाङ तुलसीपुर उप-महानगरपालिका ९ कि २८ वर्षिय अमृता भडेल
१७. उनकाे छाेरी १० वर्षिय जेनिशा भडेल
१८. उनकाे छाेरा ७ वर्षिय जेदान भडेल
१९.सल्यान छत्रेश्वरी गाउँपालिका ३ का २९ वर्षिय खिमबहादुर डागी
२०.दाङ तुलसीपुर उप-महानगरपालिका ११ कि ४६ वर्षिया देविका याेगी
२१.उनकाे छाेरी ७ वर्षिय करिणा खडका
२२.सल्यान छत्रेश्वरी गाउँपालिका ६ का २५ वर्षिय खिमराज वली
२३.दाङ दङ्गीशरण गाउँपालिकाकी ३२ वर्षिय द्वारिका खडका
२४.दाङ दङ्गीशरण गाउँपालिका ९ कि २२ वर्षिया विन्दु भुडेल
२५.प्युठान बागदुलाका ५२ वर्षिया राधा पण्डित
२६.सल्यान कुमाख गाउँपालिका ७ जिमालीकि २५ वर्षिया निरुता डिसी
२७.उनकाे छाेरी बिना बिष्ट
२८.सल्यान छत्रेश्वरी गाउँपालिका ६ का ४० वर्षिय धननाथ याेगी

घाइते मध्ये २१ जनाकाे नेपालगन्ज, ३ जनाकाे दाङ र अन्यकाे जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले जनसहारा अनलाइनलाई बताए।

बस सडक देखि करिब १५० मिटर तल खसेको थियाे। थप विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गाेविन्द थापाले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार