कात्तिक २१ सल्यान – जिल्लाकाे दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटना हुदा मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ । जस मध्ये १० महिला र २ पुरुष रहेका छन।

मृत्यु हुने मध्ये ८ जनाकाे सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सनाखत भएका शारदा नगरपालिका १२ हाल तुलसीपुर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने, शारदा नगरपालिका २ बस्ने ६१ वर्षिया मिना डाँगी, शारदा नगरपालिका ३ बस्ने ६६ वर्षिया लिला बुढाथोकी, त्रिवेणी १ काभ्राकी २४ वर्षिया मिना शाही, बबइ गाउपालिका ४ दाञ् बस्ने ६० वर्षिया डुली रेउले, बबई गाउपालिका ६ पञ्चकुलेकी ७० वर्षिया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी, छत्रेश्वरी २ का २९ वर्षिय तिलक वली रहेका छन् ।

त्यस्तै घाइते हुनेमा घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसीपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसीपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसीपुर बेलुवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । घाइते मध्ये ५ जनालाई हेलिकप्टर मार्फत नेपालगंन्ज रिफर गरिएको छ। अरुकाे श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बस सडक देखि करिब १५० मिटर तल खसेको थियाे। थप विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गाेविन्द थापाले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार