कात्तिक १९ काठमाडौं – ११ औंसंयुक्त  राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्लले हात पार्न सफल भएकि छन ।

United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा ९ नोभेम्बर अर्थात कात्तिक २३ गते प्रदान गरिनेे भएको छ।

प्रहरी उपरीक्षक डा.सज्ञा मल्ल

प्रहरी उपरीक्षक डा.सज्ञा मल्ल

प्रहरी उपरीक्षक डा. मल्लले MONUSCO मा कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरि महामारीमा MONUSCO मा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई उनले काम गरिरहेेेेकि छन । वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनकाे धेरै योगदान रहेकाले उक्त अवार्ड प्रदान गर्न लागेकाे संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार