श्रावण २७ काठमाडौ  – कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । जन्माष्टमी मुख्यत भगवान कृष्णको जन्म दिनसँगे जोडिएको छ । जुन दिन कृष्णको जन्म भएको थियो । शास्त्रअनुसार ५ हजार २४३ वर्ष पहिले भगवान कृष्णका जन्म मथुराको भूमिमा भएको थियो । श्रीकृष्ण भगवान विष्णुको आठौ अवतार हुन् । जसले धर्तिमा अधर्म र धर्म र अन्याय हटाउनको लागि अवतार लिएका थिए ।

श्रीकृष्णको सम्झनामा र उनको बालरुपलाई पुजा गर्नको लागि पावन जन्माष्टमी मनाउने गरिन्छ । भगवान कृष्णको विभिन्न देशहरुमा लाखौ भक्तहरुले यस चाडको उल्लास र उत्साहको साथ मानिसहरुले मनाउने गर्छन् । यस दिनमा स्त्री–पुरुष राती १२ बजेसम्म व्रत बस्ने गर्छन् । उक्त दिन मन्दिर सजाएर भगवान कृष्णको झुला झुलाउने गर्छन् ।

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी

जन्माष्टमी मनाउनुको पछाडि भगवान कृष्णको जन्म सबैभन्दा ठुलो कारण छ । द्धापर युगको अन्तिम समयमा जब पृथ्वीमा नराम्रा मानिसहरुले साम्राज्य बढाउन थालपछि लुटपाट, हाहाकार, मानिसहरु एकआपसमा मर्न र मार्न लागेको देखेर भगवान विष्णुले मानिसको रुप लिने प्रण गरे । भगवान गीतामा भनिएको छ पृथ्वीमा धर्ममा माथि हानी हुन्छ तब भगवान मानव रुपमा अवतार लिएर धर्तिमा राक्षसबाट मुक्त गर्नको लागि आउछन् ।

एकपटक मथुरामा राजा कंसले राज गरे । उनले आफ्नो पितालाई जेलमा हालेर राजपाठ लिएका थिए । कंसको बहिनी देवकिको विवाह वासुदेवसँग हुँदै थियो । उक्त समयमा आकाशवाणी भयो । र आकाशवाणीमा देवकीको आठौ सन्तानले कंसको हत्या गर्नेछ । देवकिले जन्माएको सातौ सन्तानलाई कंसले हत्या गरेपनि आठौ सन्तानको रुपमा जन्मिएका कृष्णलाई भगवान विष्णुले नै गोकुल गाउँमा लैजान भने । वासुदेवले कृष्णलाई गोकुल पु¥याउदा यमुना नदी पार गर्नुपथ्यो ।

श्रीकृष्ण जन्माष्टमीकाे महत्त्व के छ ?

जसरी अन्य चाडको महत्व छ त्यसरी नै जन्माष्टमीको पनि विशेष महत्व छ । भगवान कृष्णले आफ्नो महना वाणी गीतामा भनेका छन्, ‘जब पृथ्वमिा धर्मको हानी र राक्षसको गलत आदत बढ्छ तब म मानिसको रुप लिएर राक्षसको नास र धर्म पुर्नः स्थापनाको लागि म यस संसारमा अवतार लिइरहनेछु । ’

सनातन धर्ममा चार युग हुन्छन् र हरेक युगमा भगवान अवतार लिइरहन्छन्, कलियुगमा पनि भगवान कल्की अवतार धारण गरेर यस संसारमा दोस्रो पटक धर्म र कर्तव्यको पथमा अगाडी बढाउने छन् । यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा बृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतीक मानिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्इान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिन्छ ।

आजकाे दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार