कार्तिक १७ सल्यान – बागचौर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित राप्ती साहित्य परिषद सल्यानको सल्यान साहित्य महोत्सव २०७८ कार्तिक १६ गते देखि सुरु भएर १७ गते अर्थात आज समापन भएको छ। कार्यक्रममा राष्ट्रिय स्तरका कवि, गजलकार, मुक्तकारहरुले शारद टपको हल नै तताएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले कार्यक्रम सुरु भएको दिन देखि नै निरन्तर साहित्य श्रवण गर्दै यो कार्यक्रममा जो जुन सुकै ठाउँबाट उपस्थित भए पनि आफुले सबै स्रष्टालाई साझा पुजी सम्झेको बताएका छन । यस्ता किसिमका कार्यक्रममा साहित्यक क्षेत्रमा सबैतिरबाट सबैको ध्यान जान अनुरोध गर्दै आफुले पनि हरकदम सरकारमा रहे पनि र सरकारबाट बाहिर गए पनि आफु साहित्य स्रष्टाहरुसँगै रहने एवम् सक्ने सहयोग गर्ने प्रतिवद्वता समेत गरेका छन।

परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले सहजीकरण गरेको कार्यक्रममा आर्थिक मात्रै नभएर पुर्णरुपमा सहयोग गर्ने बागचौर नगरपालिका परिवार र विभिन्न जिल्लाबाट आएर २ दिनसम्म निरन्तर रहेर साहित्यक श्रवण गर्नुहुने सम्पुर्णमा विशेष धन्यवाद दिदै कार्यक्रमका सभाध्यक्ष एवम् परिषदका अध्यक्ष प्रविन भण्डारीले कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार