कात्तिक १० काठमाडौं – सिंहदरबारमा पेस्तोल चेकजाँचका क्रममा गाेली चलेकाे । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका अंगरक्षकको पेस्तोल पड्किँदा गोली चलेको हाे।

सिंहदरबारमा उपाध्यक्ष दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोल जाँचका क्रममा एक्कासी पड्किँदा गोली चलेको तर कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ।

संसद सचिवालयको दोस्रो भवनमा उपाध्यक्ष दाहालकी अंगरक्षक भारती आफैले पेस्तोल जाँच गर्दा एकाएक गोली चलेको प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ। पेस्तोल पड्किएर चलेको गोली भवनको भित्तामा लागेकाले कुनै क्षति नभएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार