कात्तिक ९ राेल्पा – नेपाल कम्युनिस्ट पार्टी एमाले गंगादेव गाउँपालिकाकाे प्रथम अधिवेशन मङगलबार सुखाओढारमा सम्पन्न भएकाे छ।

नेकपा एमालेकाे केन्द्रीय कमिटीले देशभरका सबै स्थानिय तहमा कात्तिक ९ मा अधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार गंगादेव गाउँपालिकामा पनि राेशन कुमार वलीकाे अध्यक्षातामा ६० सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएकाे अध्यक्ष वलीले जनसहारा अनलाइनलाई बताए।

जसकाे उपाध्यक्ष मिश्री प्रसाद डाँगी, सचिव नवीन वली, उपसचिवमा द्वय खकेन्द्र वली र निर्मला वलीलाई चयन गरिएकाे छ। गंगादेव गाउँपालिकामा अधिवेशन सम्पन्न गर्नकाे लागि गत २ गते बसेकाे जिल्ला कमिटीकाे चौथाे सचिवालय बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुमार दशौदीलाई जिम्मेवारी दिएकाे थियाे।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार