कात्तिक ९ सर्लाही – केही समय अघि सर्लाहीका तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएपछि एकै समयमा प्रमुख जिल्ला अधिकारी सहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको गृहमन्त्रालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी महतोलाई गृहमन्त्रालयमा तानिएको छ भने गृहबाट बाबुराम खतिवडालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ। जिल्ला प्रहरी प्रमुख राठौरकाे ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाई‌लाई पठाएको छ भने सशस्त्र प्रहरी बलले श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई पठाएको छ।
तिनवटै सुरक्षा निकायका प्रमुखले एकै थलामा तास खेलेकाे भिडियो बाहिरिए पछि आलोचना खेप्दै आएकाे जिल्ला प्रशासन सर्लाहीबाट उनलाई संगै सरुवा गरि जिम्मेवारीबाट हटाइएकाेे हाे।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार