कात्तिक ६ प्युठान – नेपाल कम्युनिस्ट पार्टी एमालेकाे शनिबार देशभरि वडा अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार स्वर्गद्वारी नगरपालिका २ मा पनि वडा कमिटी चयन गरिएको छ।
प्रथम अधिवेशनकाे वडा कमिटी अध्यक्ष मेघ बहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम सुरु गरिएकाे थियाे। कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष तथा ४ नं. वडा अध्यक्ष सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा एवंम जिल्ला सदस्य लिल बहादुर रानाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हाे।
अधिवेशनबाट अध्यक्ष मेघ बहादुर घर्ती,उपाध्यक्ष। कृष्णबहादुर रोका,सचिव सुवर्ण खड्का, सह-सचिवद्वय दिलु पुन र टोप प्रसाद रिजाल सहित अन्य ३१ सदस्यीय वडा कमिटी सर्वसहमतिमा चयन गरिएको छ।