कात्तिक ६ सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। ब्लड क्यान्सरबाट पिडित लामाकाे उपचारको क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्रोतले जनाएको छ।
लामा लामाे समय देखि ब्लड क्यान्सर रोगबाट पीडित थिइन्। करिब १ महिना यता अस्पतालमा उपचाररत लामाकाे ५१ वर्षको उमेरमा शनिबार बिहान करिब ७ बजेतिर निधन भएको हाे। उनी नेपाली कांग्रेस, सिन्धुपाल्चोकका सभापति विकास लामाकी श्रीमती हुन्।