असाेज १ काठमाडौ – प्रदेश २ र कर्णाली प्रदेश सरकारले मङगलबार सार्वजनिक विदा दिने निर्णय गरेका छन।

प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश भरि सार्वजनिक विदा दिने भएको हाे।

त्यसैगरि कर्णाली प्रदेशले शुक्ल पुर्णिमाकाे अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिने निर्णय गरेकाे छ। प्रदेश सरकारकाे वार्षिक पात्राेमा नै असाेज २ मा विदा समावेश गरेकाे छ। उता कर्णाली प्रदेश सरकारले भने २०७८/०१/१७ गतेकाे मन्त्री परिषदकाे निर्णय अनुसार विदा दिइएको सुचना प्रकाशित गरेकाे छ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार